आइतबार, वैशाख २७, २०८३

स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको जिम्मेवारी हेरफेर

 |  बुधबार, जेठ १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १७, २०८०

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय मातहतका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका छन्। उनले मन्त्रिस्तरीय निर्णय गर्दै आठ जना उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका हुन्।

National life

मन्त्री बस्नेतका प्रेस सल्लाहाकार रामचन्द्र दुलालले मन्त्री बस्नेतले मन्त्रालय मातहतका विभिन्न विभाग र अस्पतालका निर्देशकको जिम्मेवारी हेरफेर गरेको जानकारी दिए।

यसअनुसार औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल, परोपकार प्रसुतिगृह स्त्रीरोग अस्पतालको निर्देशकमा डा श्रीप्रसाद अधिकारी, राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा डा बद्री रिजाललाई जिम्मेवारी तोकिएको छ।

राष्ट्रिय औषधि प्रयोगशालाको निर्देशकमा भरत भट्टराईलाई पठाएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा डा रुद्र मरासिनी र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र निर्देशकमा डा अनुज भट्टचनलाई जिम्मेवारी तोकिएको छ।

यसैगरी मन्त्री बस्नेतले डा चुमनलाल दास र डा यदुचन्द्र गौतमलाई मन्त्रालयमा काम गर्नेगरी जिम्मेवारी दिएका छन्।

प्रकाशित: May 31, 2023| 22:22 बुधबार, जेठ १७, २०८०
प्रतिक्रिया दिनुहोस्