आइतबार, वैशाख २७, २०८३

गर्मीमा कस्तो खानपान उपयुक्त? 

 |  बुधबार, जेठ १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १७, २०८०

गर्मी बढेसँगै तातो हावा र चर्को घामका कारण थुप्रै रोग लाग्ने खतरा हुन्छ। गर्मीमा शरिरमा पानीको कमी हुनु, लू लाग्नु, पखाला चल्नुजस्ता समस्या प्रायः हुने चिकित्सक बताउँछन्। यस्तोमा खानपानमा विशेष सावधानी अपनाउनुपर्छ।

National life

चिकित्सकहरुले गर्मीमा शरिरलाई चिसो बनाउने खानेकुरालाई आफ्नो खानपानमा सामेल गर्नुका साथै केही खानेकुरासँग टाढिनुपर्ने सुझाव दिन्छन्। गर्मीमा हल्का तथा सुपाच्य खाना खानुपर्छ, जसले गर्दा पाचन प्रणाली सबल हुन्छ।

मही, कागतीपानी र नरिवलपानीले फाइदा गर्छ गर्मीमा। गर्मीको मौसममा अधिक मात्रामा फलफूल र पानीको सेवन गर्नुपर्छ। कागती–पानी, नरिवल–पानी, जो यतिबेला उपत्यका सहित सबैतिर सजिलै उपलब्ध हुन थालेको छ। यसका साथै मही खानु अति लाभदायक हुने चिकित्सक बताउँछन्। यसले शरिरलाई चिसो बनाइरहनुका साथै स्फूर्त बनाउँछ भने शरिरबाट पसिनाको रुपमा निस्किने पानीको पूर्तिसमेत गर्छ।

फलमा खरभुजाको उपभोग सबैभन्दा राम्रो मानिएको छ। यसमा ९० प्रतिशतसम्म पानी हुन्छ। यसको सेवनले शरिर हाइड्रेटेड रहनुका साथै यसमा भिटामिन ए र सीको मात्रा हुने चिकित्सक बताउँछन्। गर्मीमा काँक्रा र स्प्राउटलाई पनि डाइटमा सामेल गर्ने सल्लाह दिइन्छ। यसमा आइरन र फाइबरको मात्रा अधिक हुन्छ, जसले शरिरलाई फाइदा पुर्याउँछ। गर्मीका कारण पखाला लागेमा दूध, डेरीजन्य उत्पादनको प्रयोग नगर्ने सुझाव दिन्छन्। सडकको छेउछाउमा र खुला ठाउँमा बेच्न राखिएको खानेकुरासँग टाढा रहनु पर्छ।

गर्मीको मौसममा तारेको, मसला धेरै प्रयोग भएको खानेकुरा खानु हुँदैन। यो शरिरको लागि हानिकारक हुन्छ। यसले ग्यास, एसिडिटी, कब्जियत र पाचनसम्बन्धी समस्या हुने चिकित्सक बताउँछन्। खाना जहिले पनि ताजा खानुपर्छ। बासी खानाले फुड प्वाइजनिङ हुन सक्छ। यसका साथै चिया र कफीको सेवन कम गर्नुका साथै जंक फुडहरुबाट टाढा रहनुपर्छ।
 

प्रकाशित: May 31, 2023| 06:07 बुधबार, जेठ १७, २०८०
प्रतिक्रिया दिनुहोस्