शुक्रबार, साउन ८, २०८३

हवाई यात्रामा कोरोना खोप कार्ड अनिवार्य प्रावधान हट्यो

कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र बैठकले हवाई यात्रुका लागि पीसीआर नेगेटिभ रिपोर्ट कार्ड अनिवार्य नियम हटाउने निर्णय लिएको हो।
 |  मंगलबार, जेठ १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १६, २०८०

काठमाडौं– सरकारले अन्तर्राष्ट्रिय हवाई यात्रुका लागि नेपालमा अनिवार्य गरेको कोरोनाविरुद्ध खोप लगाएको प्रमाणपत्र साथमै बोक्नुपर्ने अनिवार्य प्रावधान हटाएको छ। सरकारले यसअघि अन्तर्राष्ट्रिय हवाई उडानमा पीसीआर नेगेटिभ रिपोर्ट कार्ड अनिवार्य गर्दै आएको थियो। 

आइतबार पर्यटन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र पठाउँदै कोभिड प्रोटोकलबारे भएको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको हो।

मन्त्रालयका कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र बैठकले हवाई यात्रुका लागि ७२ घन्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट वा खोप अनिवार्य नियम हटाउने निर्णय लिएको हो। मन्त्रालयको निर्देशनअनुसार यो नियम कार्यान्वयनमा ल्याइएको प्राधिकरणले जनाएको छ।

अबदेखि अन्तर्राष्ट्रिय गन्तव्यबाट नेपाल आउने यात्रुले खोपको क्यूआर कोड, पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य साथमा ल्याउनुपर्ने बाध्यता हुने छैन। तर नेपालबाट विदेश जाने यात्रुको हकमा भने सो गन्तव्य मुलुकले तोकेअनुसारका कागजात बोक्नुपर्नेछ। 

यसअघि विश्व स्वास्थ्य संगठनले २३ मेमा कोभिडलाई विश्वव्यापी महामारीको सूचीबाट हटाएको थियो।

प्रकाशित: May 30, 2023| 13:55 मंगलबार, जेठ १६, २०८०
प्रतिक्रिया दिनुहोस्