शनिबार, असोज १३, २०८०

चेन्नईलाई पाँचौं पटक आईपीएलको उपाधि

 |  मंगलबार, जेठ १६, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १६, २०८०

sagarmatha cement

काठमाडौं- इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको यो सीजनको उपाधि चेन्नई सुपर किङ्सले जितेको छ। आइतबारको खेल वर्षाले अवरुद्ध भएपछि सोमबार राति भएको खेलमा डक वर्थ लुइस (डिएलएस मेथड)मा गुजरात टाइटन्सलाई ५ विकेटले हराउँदै चेन्नईले उपाधि उचालेको हो। 

योसँगै चेन्नईले पाँचौं पटक आईपीएलको उपाधि उचालेको छ। चेन्नईले यसअघि २०१०, २०११, २०१८ र २०२१ मा आईपीएलको उपाधि उचालेको थियो।

गुजरात टाइटनले दिएको विशाल २ सय १५ रनको लक्ष्य पछ्याएको चेन्नईले सुरुवाती ३ बलमा चार रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो।
पानी परेपछि फाइनल खेललाई १५ ओभरमा झारेर १ सय ७१ रनको लक्ष्य बनाइएको थियो। उक्त रक्ष्य चेन्नईले ५ विकेटको क्षतिमा भेट्टाएको हो। त्यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेटको क्षतिमा २ सय १४ रन बनाएको थियो।

प्रकाशित: May 30, 2023| 06:07 मंगलबार, जेठ १६, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नेपाली पब्जी टोली सेमिफाइनलमा पुग्यो

नेपाली पब्जी टोली सेमिफाइनलमा पुग्यो

आज चाइना हाङझाव स्पोर्ट्स सेन्टरमा एलिमिनेसन राउन्ड (क्वाटर्रफाइनल) खेलमा नेपाल आफ्नो समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुगेको हो।
नेपाल तेक्वान्दोमा पदकविहीन, ब्याडमिन्टनमा विजयी सुरुआत

नेपाल तेक्वान्दोमा पदकविहीन, ब्याडमिन्टनमा विजयी सुरुआत

नेपाल सर्वाधिक आश गरिएको तेक्वान्दोमा पदकविहीन बन्न पुगेको हो । 
नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन

नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन

झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको मंगोलियासँग खेल्दा नेपाली क्रिकेटरले विश्वविजेतालाई समेत उछिनेर नयाँ रेकर्ड बनाएका छन्।