बुधबार, भदौ ११, २०८२

विद्यालयमा सिकाउने र टिकाउने कार्यक्रम सुरु गरिने

 |  सोमबार, जेठ १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

vianetvianet
Kumaribank
Metro Mart

अर्थमन्त्री डा. प्रकाशशरण महतले बालशिक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेर विद्यालयमा बालबालिका टिकाउने कार्यक्रम सञ्चालन गरिने बताएका छन् ।

आधारभूत शिक्षा अन्तर्गत बालशिक्षालाई व्यवस्थित र पहुँचयोग्य बनाइने उनले बताएका छन् । प्रारम्भिक बालविकास केन्द्रको नक्शाकंन गरी पुनवितरण गरिने उनले घोषणा गरेका छन् ।

बालबालिकालाई विद्यालयमा ल्याउने सिकाउने र टिकाउने कार्यक्रमलाई विस्तार गरिने छ । बालबालिकालाई कृषिमा आधारित प्रयोगात्मक शिक्षा दिने व्यवस्था गरिने उनले बताएका छन् ।  हिमाली तथा दुर्गम क्षेत्रका बालबालिकालाई आवासीय छात्रवृत्ति दिइने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए । मातृभाषामा आधारभूत शिक्षा दिने व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गरिने उनले बताए ।

प्रकाशित: May 29, 2023| 18:10 सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्