शनिबार, वैशाख ८, २०८१

सवारी दुर्घटनामा पाँचको मृत्यु, डुबेर तीनजनाको ज्यान गयो

 |  सोमबार, जेठ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

मुगु, छाँयानाथ रारा नगरपालिका-१३ फलात्तास्थित सडकमा लु.४ त ७३६८ नम्बरको ट्याक्टर सडकबाट करिब ४० मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेहरूमा ट्याक्टर चालक सोही नगरपालिका- १४ फाइपाटा बस्ने ३२ वर्षीय काशीराम बडुवाल र सहचालक २५ वर्षीय शिव बडुवाल रहेका छन्।

triton college

सर्लाही, हरिवन नगरपालिका-५ घुर्कौलीस्थित सडकमा बीआर ०३ यू १४६८  नम्बरको मोटरसाइकल आइतबार बिहान पल्टिएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार कबिलासी नगरपालिका-१० सलेमपुर बस्ने ६० वर्षीया शान्तीदेवी पण्डितको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको हो। साथै घाइते भएका मोटरसाइकल चालक शान्तीदेवीकै छोरा ३५ वर्षीय बिनोद पण्डितको उपचार भइरहेको छ।

यसैगरी सर्लाही, पर्सा गाउँपालिका-१ स्थित सडकमा बिआर ३० टि ११९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा ब्रहम्पुरी गाउँपालिका-६ बस्ने ५२ वर्षीया लालो देवीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो। घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सप्तरी, शम्भुनाथ नगरपालिका-१२ अर्नाहा चौकस्थित सडकमा स.१० प ४३०४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३५ वर्षीया बबिता मण्डलको गएराति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

करेन्ट लागेर मृत्यु
तनहुँ, म्याग्दे गाउँपालिका-६ अकला बस्ने २१ वर्षीया बिमल थापाको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ। आफ्नै घरदेखि १ किलोमिटर टाढा भब्बियोको रूखमा घाँस काट्ने क्रममा करेन्ट लागेर भुइँमा लडिरहेको अवस्थामा फेला परेकी उनको जिपि कोईराला श्वास प्रश्वास केन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको हो।

corrent noodles
Metro Mart

पर्सा, छिपरामाई गाउँपालिका-२ चेरगाहा बस्ने ४० वर्षीय संजय साहको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ। आफ्नै घरमा बिद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि तराई अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

डुबेर मृत्यु
सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका-३ हिले बस्ने ४१ वर्षीय भक्त बहादुर थामीको सोही ठाउँस्थित हुतुरे खोल्साको पानीमा डुबेर आइतबार साँझ मृत्यु भएको छ। घास काट्न गएकोमा उक्त खोल्सामा डुबेर अशक्त अवस्थामा फेला परेका उनको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो।

कपिलवस्तु, कपिलवस्तु नगरपालिका-६ बर्मेली टोल बस्ने ईन्द्रवती केवटकी छोरी ४ वर्षीया गबिता केवटको डुबेर सोमबार बिहान मृत्यु भएको छ। आफ्नै घर अगाडि खेल्ने क्रममा धाराको पानी जम्मा भएको खाडलमा डुबेर अशक्त भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो।

मोरङ, मिक्लाजुङ गाउँपालिका-६ कालिदहस्थित सामुदायिक वनभित्र रहेको  पोखरीमा डुबेर सोही ठाउँ बस्ने पदम राईको छोरा ८ वर्षीय साङकेन राईको सोमबार दिउँसो मृत्यु भएको छ। उक्त पोखरीमा पौडी खेल्ने क्रममा डुबेर असक्त भएका उनको मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रकाशित: May 29, 2023| 16:48 सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्