बिहीबार, भदौ १२, २०८२

वर्षाले रोक्यो आइपिएल फाइनल, आज पनि हुन नसके के हुन्छ?

 |  सोमबार, जेठ १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

vianetvianet

गुजरात र चेन्नईबिच आइतबारका लागि तय भएको इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनल वर्षाका कारण प्रभावित भएको छ। १६ औं सिजनको फाइनल भारी वर्षाका कारण टस पनि नभई स्थगित हुन पुगेपछि पुन: सोमबार साँझ ७:४५ बजे खेल खेलाउने गरी स्थगित गरिएको छ।

Kumaribank

आइतबार अहमदाबाद स्थित नरेन्द्र मोदी स्टेडियममा भारी वर्षा भएपछि सोमबारलाई रिजर्भ डेका रुपमा राख्दै खेल सारिएको हो। यद्यपि सोमबार पनि वर्षाको सम्भावना रहेको छ।

सोमबार राति ९:५० बजे सम्म खेल सुरु हुन सकेमा पुरै २० ओभरको खेल खेलाइने छ। यदि त्यसपछि खेल सुरु भए ओभर घटाएर खेल सुरु गरिने छ। १० बजे खेल सुरु भए १९ ओभर १०:१५ मा खेल सुरु भए १७ ओभर र १०:४५ मा खेल सुरु भए १५ ओभरको हुने छ। यदि राती १२:६ बजे कटअफ टाइम रहने छ। यदि त्यो बेलासम्म पनि ५-५ ओभरको खेल हुन नसके खेल रद्द गरिने छ।

वर्षाका कारण खेल रद्द भएमा ट्रफि कसले लान्छ भनेर केही खुलाइएको छैन। आईसिसीको प्रतियोगितामा भने ट्रफी दुवै टिमलाई बाँड्ने गरिन्छ। तर आइपिएलमा भने यो विषयमा कुनै जानकारी सार्वजनिक गरिएको छैन।

यदि प्लेअफमा यस्तो अवस्था आउँदा समूह चरणमा अङ्क तालिकामा माथि हुने टिमले अघिल्लो चरणमा स्थान बनाउँथे तर फाइनलमा के हुन्ने भन्ने तय भएको छैन। 

Metro Mart

प्रकाशित: May 29, 2023| 06:15 सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्