शुक्रबार, माघ २३, २०८२

विश्वकप छनोटका लागि नेपाली टिम घोषणा

 |  सोमबार, जेठ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १५, २०८०

आगामी महिना जिम्बावेमा हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको लागि नेपाली टिम घोषणा गरिएको छ। प्रतियोगिताका लागि १६ सदस्यीय नेपाली टिम घोषणा गरिएको हो। 

National life

टिममा किशोर महतो र अर्जुन साउद थप हुँदा अरु खेलाडी पुरानै छन्। 

१० टिमले भाग लिने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा  छ। यो समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्। 

समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्। नेपालले आफ्नो पहिलो खेल १८ जुन (असार ३)मा आयोजक जिम्बावेसँग खेल्नेछ। यस्तै नेपालले २० जुन (असार ५)मा अमेरिका, २२ जुन (असार ७) मा वेस्ट इन्डिज र २४ जुन (असार ९) मा नेदरल्यान्ड्ससँग खेल्नेछ। पाँच-पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन-तीन टिम पुग्नेछन्। 

नेपाली टिम
कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, ललित राजवंशी, प्रतिश जिसी, अर्जुन साउद, किशोर महतो।
 

Laxmi sunrise bank

प्रकाशित: May 29, 2023| 06:07 सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्