बिहीबार, भदौ १२, २०८२

शैक्षिक सूचकाङ्क सुधारोन्मुख

 |  आइतबार, जेठ १४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १४, २०८०

vianetvianet

काठमाडौं- आर्थिक सर्वेक्षण, २०८० ले शैक्षिक सूचकाङ्कहरु सुधारोन्मुख भएको देखाएको छ।अर्थमन्त्री डा प्रकाशशरण महतले आज संसद्मा प्रस्तुत गरेको सो सर्वेक्षणले विद्यालय भर्ना दर, विद्यार्थी टिकाउ दर र साक्षरता दरमा वृद्धि आएको र विद्यालय शिक्षामा लैङ्गिक समानता हासिल भएको जनाइएको छ।

Kumaribank

चालु आर्थिक वर्षमा प्राथमिक तहको खुद भर्ना दर ९७ दशमलव १, आधारभूत तहमा ९६ दशमलव १ र माध्यमिक तहमा ५७ दशमलव ४ प्रतिशत पुगेको छ। उक्त प्रतिशत गत आर्थिक वर्षको तुलनामा सामान्य वृद्धि हो। कक्षा ८ सम्मको विद्यार्थी टिकाउ दर शैक्षिकसत्र २०७८ मा ८५ दशमलव ६, कक्षा १० सम्ममा ६७ दशमलव ३ र कक्षा १२ सम्ममा ३५ दशमलव ४ प्रतिशत पुगेको छ। यस्तै १५ वर्ष उमेर माथिका नागरिकको साक्षरता दर ५८ रहेको छ।

चालु आर्थिक वर्षको कूल गार्हस्थ्य उत्पादनमा शिक्षा क्षेत्रको योगदान ८ दशमलव २२ प्रतिशत रहने र उत्पादन ४ दशमलव ०७ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ। गत आर्थिक वर्षको तुलनामा यस वर्ष कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान शून्य दशमलव ११ प्रतिशतले सामान्य वृद्धि हुने अनुमान रहेको छ।

सर्वेक्षणले विश्वका एक सय ९१ मुलुकमध्ये मानव विकास सूचकाङ्कमा नेपाल एक सय ४३औँ स्थानमा परेको छ।

प्रकाशित: May 28, 2023| 21:04 आइतबार, जेठ १४, २०८०
प्रतिक्रिया दिनुहोस्