बिहीबार, भदौ १२, २०८२

नेपालगञ्जका अस्पतालमा रगत अभाव

गर्मी बढेसँगै बिरामीको चाप थेगिनसक्नु भएपछि नेपालगञ्जका अस्पतालमा रगत अभाव देखिएको हो।
 |  शनिबार, जेठ १३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १३, २०८०

vianetvianet

बाँके– बिरामीको चाप बढेसँगै नेपालगञ्जका अस्पतालमा रगत अभाव भएको छ। नेपाल रेडक्रसको क्षेत्रीय रक्तसञ्चार केन्द्रका अनुसार बिरामीलाई दैनिक रगत आवश्यक पर्न थालेपछि अस्पतालमा रक्त अभाव भएको हो।

Kumaribank

क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले नेपालगञ्जमा पछिल्लो समय रगत अभाव भएको बताए। ‘पछिल्लो समयमा नेपालगञ्जका अस्पतालमा बिरामीको चाप बढेको देखिन्छ, जसले गर्दा अस्पतालका बिरामीलाई दैनिक रुपमा चाहिने रगत उपलब्ध गराउन हामीलाई निकै कठिनाइ भइरहेको छ। केन्द्रमा रगतको मात्रा अभाव हुन नदिन सामाजिक संघ–संस्था वा संगठनले गर्ने रक्तदान कार्यक्रमको भर पर्नु परेको छ’, रेग्मीले भने।

नेपालगञ्जमा अचेल रक्तदानसम्बन्धी कार्यक्रम कम मात्रामा हुने गरेकाले पनि रगत अभाव हुन थालेको क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख रेग्मीको भनाइ छ। 

रक्तसञ्चार केन्द्रमा रगत अभाव हुन नदिन र रगत आवश्यक भएका बिरामीलाई उपलब्ध गराएर जीवनदान गर्न उनले सामाजिक संघ–संस्था वा संगठनलाई रक्तदान कार्यक्रम गर्न आग्रहा गरे। 

प्रकाशित: May 27, 2023| 13:29 शनिबार, जेठ १३, २०८०
प्रतिक्रिया दिनुहोस्