बिहीबार, पुस १०, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • रुसी पूर्वराष्ट्रपति भन्छन् - युक्रेन युद्ध दशकौंसम्म हुनसक्छ

रुसी पूर्वराष्ट्रपति भन्छन् - युक्रेन युद्ध दशकौंसम्म हुनसक्छ

 |  शुक्रबार, जेठ १२, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १२, २०८०

National life
Laxmi sunrise bank
kumari

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले युक्रेन युद्ध दशकौंसम्म जारी रहन सक्ने बताएका छन्।  राष्ट्रपति पुटिनको शक्तिशाली सुरक्षा परिषद्का उपाध्यक्ष एवम् पूर्व राष्ट्रपति दिमित्री मेदेभदेवले युक्रेनसँगको द्वन्द्व दशकौंसम्म जारी रहन सक्ने बताएका हुन्।

पूर्वप्रधानमन्त्री मेदेभदेवले भियतनाम भ्रमणका बेला त्यसो भनेको रुसी समाचार एजेन्सीले आरआईएले जनाएको छ। “यो द्वन्द्व धेरै लामो समयसम्म चल्नेछ, सम्भवतः दशकौँसम्म चल्नेछ,” आरआईएले मेदभदेवलाई उद्धृत गर्दै छापेको छ। 

मेदभदेव प्रायः कडा टिप्पणी गर्छन्। गत महिना उनले युक्रेनी अधिकारीहरूलाई ‘सङ्क्रमण’का रूपमा वर्णन गरेका थिए। साथै उनले युक्रेनलाई ‘नाजी राज्य’ भनेका छन्। मस्कोले पनि शब्द दाबी दोहार्याउँदै आएको छ। गत जनवरीमा उनले रुस पराजित भए आणविक युद्ध सुरु गर्न सक्ने बताएका थिए।
 

प्रकाशित: May 26, 2023| 12:16 शुक्रबार, जेठ १२, २०८०
प्रतिक्रिया दिनुहोस्