आइतबार, वैशाख १३, २०८३

मुम्बई इन्डियन्स आईपीएलको क्वालिफायरमा

 |  बिहीबार, जेठ ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ११, २०८०

National life
kumari

मुम्बई इन्डियन्स जारी आईपीएलको क्वालिफायरमा प्रवेश गरेको छ। गएराति भएको एलिमिनेटरमा मुम्बईले लखनउ सुपर जायन्ट्सलाई ८१ रनको फराकिलो अन्तरले पराजित गरेको हो। 

चेन्नईस्थित चिदम्बरम स्टेडियममा टस जितेर ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८१ रनको योगफल बनाएको थियो। मुम्बईको इनिङ्समा सबै ब्याटरको योगदान रह्यो। 

जवाफमा लखनउ १६ ओभर ३ बलमा १ सय १ रनमा अल आउट भयो। अब मुम्बईले दोस्रो क्वालिफायरमा गुजरात टाइटन्ससँग भोलि प्रतिस्पर्धा गर्नेछ। गुजरात पहिलो क्वालिफायर्समा चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो। चेन्नई फाइनल पुगिसकेको छ।

प्रकाशित: May 25, 2023| 07:17 बिहीबार, जेठ ११, २०८०
प्रतिक्रिया दिनुहोस्