आइतबार, वैशाख २७, २०८३

भीमफेदी कारागारका कैदीबन्दीमा झाडापखाला संक्रमण

कारागारमा एक जनाबाट सुरु भएको झाडापखाला संक्रमण विस्तारै अन्यमा पनि सरेको हो। 
 |  मंगलबार, जेठ ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ९, २०८०

National life

मकवानपुर– मकवानपुरको भीमफेदी कारागारका ३५ कैदीबन्दीलाई झाडापखाला संक्रमण पुष्टि भएको छ। सोमबार बेलुकी अचानक केही कैदीबन्दीमा ज्वरो आउने, बान्ता लाग्ने, पेट दुख्ने तथा झाडापखाला लाग्नेजस्ता लक्षण देखा परेका थिए।

सुरुमा एक जनाबाट सुरु भएको झाडापखाला संक्रमण विस्तारै अन्यमा पनि सर्दै गएको भीमफेदी कारागारका जेलर प्रमुख तीर्थ पौडेलले जानकारी दिए।

संक्रमण भई बिरामी भएका कैदीबन्दीको उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरबाट दुई चिकित्सक, चार सहयोगी र प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदी मकवानपुरबाट एक चिकित्सक, चार सहयोगी गरी ११ जनाको टोलीले आवश्यक औषधीसहित उपचार थालेको जेलर पौडेलले बताए।

प्रकाशित: May 23, 2023| 10:47 मंगलबार, जेठ ९, २०८०
प्रतिक्रिया दिनुहोस्