आइतबार, वैशाख २७, २०८३

कोभिड अपडेट : ३० जनामा संक्रमण पुष्टि

 |  शनिबार, जेठ ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ६, २०८०

National life

काठमाडौं- देशभर थप ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। ९४४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १४ जना तथा एन्टीजेन विधिबाट १६ जनामा सङ्क्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १३ जना सङ्क्रमणमुक्त भएका हुन्। योसँगै देशभर पीसीआर विधिबाट पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ८९ पुगेको छ। 

सक्रिय सङ्क्रमितमध्ये संस्थागत आइसोलेसनमा ८ जना, आईसीयूमा १ जना तथा भेन्टिलेटरमा १ जना उपचाररत छन्। नेपालमा हालसम्म कोरोनाभाइरसको सङ्क्रमणबाट १२ हजार ३१ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित: May 20, 2023| 18:07 शनिबार, जेठ ६, २०८०
प्रतिक्रिया दिनुहोस्