बुधबार, भदौ ३, २०८३

बलात्कार कसुरका अभियुक्तलाई साढे नौ वर्ष कैद फैसला 

 |  शुक्रबार, जेठ ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ५, २०८०

दमौली- बलात्कार गरेको कसुरमा एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले साढे नौ वर्ष कैद फैसला सुनाएको छ। १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले बन्दीपुर गाउँपालिका-५ कल्चोकका २२ वर्षीय विनोद विकलाई सो सजाय फैसला सुनाएको हो।

जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले उक्त फैसला गरेको हो। अदालतले पीडितलाई २५ हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए। 

पीडितलाई विकले विसं २०७७ असार २० गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले सोही दिन इलाका प्रहरी कार्यालय डुम्रेमा उजुरी दिएका थिए। प्रहरीले विकलाई विसं २०७७ असार २४ गते पक्राउ गरेको थियो।

अदालतको आदेशमा आरोपित बिक विसं २०७७ साउन १३ गतेदेखि पुर्पक्षका लागि कारागारको थुनामा थिए। 

प्रकाशित: May 19, 2023| 19:32 शुक्रबार, जेठ ५, २०८०
प्रतिक्रिया दिनुहोस्