बुधबार, भदौ ३, २०८३

सुटिङका क्रममा सलमान घाइते

 |  शुक्रबार, जेठ ५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ५, २०८०

बलिउड अभिनेता सलमान खान घाइते भएका छन्। ‘टाइगर ३’  को सुटिङका क्रममा उनी घाइते भएका हुन्।

उनले सामाजिक सञ्जालमा एउटा तस्बिर सेयर गरेका छन्, जसमा उनको काँधमा चोट लागेको र ब्यान्डेज लगाएको देखिन्छ। डम्बेल उठाउँदा सलमानलाई यो चोट लागेको हो।

तस्बिर सेयर गर्दै सलमानले लेखेका छन्, ‘जब तपाईंलाई लाग्छ कि तपाईं सारा संसारको भार आफ्नो काँधमा बोक्दै हुनुहुन्छ, तब उनीहरु भन्छन्- संसार छोड र पाँच किलोको डम्बेल उठाएर देखाऊ। बाघ घाइते छ।’ 

‘टाइगर ३’ मा सलमानको अपोजिट कट्रिना कैफले अभिनय गरेको बताइएको छ। ‘टाइगर’ को यो तेस्रो सिक्वेल हो। यो फिल्ममा शाहरुख खानले केमियो भूमिका निर्वाह गरेका छन्। 

मनीष शर्मा निर्देशित ‘टाइगर ३’मा इमरान हाश्मी पनि रहनेछन्। फिल्म नोभेम्बर १० मा रिलिज हुनेछ। यो फिल्मपछि शाहरुख र सलमानको नयाँ फिल्म ‘टाइगर भर्सेस पठान’ को सुटिङ सुरु हुने बताइएको छ। सलमान र शाहरुखले यो फिल्मको सुटिङ २०२४ देखि सुरु गर्नेछन्।
 

प्रकाशित: May 19, 2023| 12:27 शुक्रबार, जेठ ५, २०८०
प्रतिक्रिया दिनुहोस्