बुधबार, भदौ ३, २०८३

नक्कली भुटानी शरणार्थी प्रकरण

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

 |  बिहीबार, जेठ ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ४, २०८०

काठमाडौं- भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान चलिरहेका बेला उनलाई काठमाडौंमा प्रहरीले नियन्त्रणमा लिएको हो।

नक्कली शरणार्थी अमेरिका पठाउने काममा संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ। 

भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेलले हालैमात्र यो प्रकरणमा रिजालको संलग्नता रहेको बताएका थिए।

३१ वैशाखमा नयाँ पत्रिकाले लेखेको छ- शरणार्थी नेता पौडेल नक्कली शरणार्थी पठाउने विषयमा भुटानी शरणार्थी नेताकै संलग्नता रहेको सार्वजनिक भएकोमा अझ दुःखी छन्। शरणार्थी नेता टेकनाथ रिजाल पनि यो प्रकरणमा संलग्न भएको सार्वजनिक भएपछि शरणार्थीका नेताहरूमाथि पनि चौतर्फी दबाब परेको छ।

यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १५ जना पक्राउ परिसकेका छन् । आजमात्रै हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन्।

 

 

प्रकाशित: May 18, 2023| 17:37 बिहीबार, जेठ ४, २०८०
प्रतिक्रिया दिनुहोस्