काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८३९ नमुनामध्ये ७६१ जनाको पीसीआर परीक्षण गर्दा १४ जना र १ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा १० जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यस्तै कोरोनाको सक्रिय सङ्क्रमितको संख्या ८८ पुगेको छ भने संस्थागत ९ जना आईशोलेशनमा, १ जना आईसीयूमा र १ जनाकाे भेन्टिलेटरमा उपचार भइरहेको छ। बिहीबार मात्र कोरोनाबाट १५ जना संक्रमणमुक्त भएका छन्।