बुधबार, भदौ ३, २०८३

तनहुँमा भालुको आक्रमणबाट एक जना घाइते

घर नजिकैको बारीमा मकै खान आएको भालु धपाउन जाँदा विकमाथि आक्रमण गरेको हो।
 |  बिहीबार, जेठ ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ४, २०८०

तनहुँ– तनहुँको व्यास नगरपालिकामा भालुको आक्रमणबाट एक जना घाइते भएका छन्। व्यास–८ मलपौरेका ३५ वर्षीय गोरे विक भालुको आक्रमणबाट घाइते भएका हुन्।

आज बिहान ५ बजे घर नजिकैको बारीमा मकै खान आएको भालु धपाउन जाँदा विकमाथि आक्रमण गरेको वडाध्यक्ष युवराज गुरुङले जानकारी दिए।

आक्रमण लगत्तै भालु भागेको थियो। घाइते विकको स्थानीयले तत्काल उद्धार गरी रिस्तीस्थित स्वास्थ्य चौकी लगिएको थियो। 
विकलाई थप उपचारका लागि दमौली अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। भालुले चिथोर्दा उनको दाहिने आँखाको माथिल्लो भागमा घाउ भएको छ।

प्रकाशित: May 18, 2023| 11:49 बिहीबार, जेठ ४, २०८०
प्रतिक्रिया दिनुहोस्