सोमबार, भदौ १६, २०८२

वन्यजन्तुका अंग बिक्रीको आरोपमा नौ जना पक्राउ

 |  बुधबार, जेठ ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३, २०८०

vianetvianet

चितवन- वन्यजन्तुको अंग अवैध रूपमा ओसारपसार तथा खरिद बिक्री गर्ने कार्यमा संलग्न रहेको आरोपमा नौ जना पक्राउ परेका छन्। 

Kumaribank

विशेष सूचनाको आधारमा चितवन राष्ट्रिय निकुञ्ज कार्यालय र निकुञ्ज सुरक्षार्थ तैनाथ खड्गदल गणबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत वैशाख ३१ गते भरतपुर महानगरपालिका क्षेत्रमा आखेटोपहार बिक्री व्यवसाय गर्ने व्यक्ति भेटिएपछि सोधपुछ गर्दा आखेटोपहार गोरखाको दशकिलो भन्ने ठाउँमा लुकाएर राखेको सूचना प्राप्त भएको थियो। 

सो सूचनाका आधारमा खोजतलास गर्दा गोरखाको दशकिलोबाट तीन जना महिलालाई जरायोको सिङजस्तो देखिने आखेटोपहार बिक्री व्यवसाय गर्ने मनसायले राखेको अवस्थामा पक्राउ गरिएको हो।

जेठ १ गते गोरखाकै पालुङटार नगरपालिका वडा नम्बर ६ बाट पनि पाँच जना पुरुष र एक जना महिला गरी छ जनालाई एकसिङ्गे गैँडाको खागजस्तो देखिने वन्यजन्तुको आखेटोपहार खरिद बिक्री व्यवसाय गर्दै गरेको अवस्थामा पक्राउ गरिएको उनले जानकारी दिए। उनीहरूलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय गोरखामा पठाइएको छ।

प्रकाशित: May 17, 2023| 22:47 बुधबार, जेठ ३, २०८०
प्रतिक्रिया दिनुहोस्