काठमाडौं- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभन देखाई ठगी भएको विषयमा भइरहेको अनुसन्धान अब प्रहरीले चार दिनभित्र सक्नुपर्ने भएको छ।
अनुसन्धान सकेर चार दिनभित्र रायसहितको प्रतिवेदन पेश गर्न सरकारी वकिलको कार्यालय काठमाडौंले प्रहरीलाई निर्देशन दिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुसन्धान सकेर प्रतिवेदन बुझाउन भन्दै आरोपीहरुविरुद्ध अन्तिम पटक चार दिन म्याद थप गर्न जिल्ला अदालत काठमाडौंलाई अनुरोध गरिएको जिल्ला न्यायाधिवक्ता कार्यालयले जनाएको छ। यो प्रकरणमा पक्राउ परेका १२ जनालाई आज प्रहरीले म्याद थपका लागि अदालत लगेको थियो।
पक्राउ पर्नेमा खाणसहित उनका सहयोगी नरेन्द्र केसी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, रामशरण केसी, गोविन्द चौधरी, सन्दीप रायमाझी, एमाले नेता तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सानु भण्डारी, केशवप्रसाद दुलाल, टंककुमार गुरुङ, सन्देश शर्मा र सागर राई छन्।
यो गिरोहले करिब १ अर्ब रुपैयाँ ठगी गरेको पाइएको छ।
