बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • नक्कली सवारी चालकलाई बचाउन खोज्ने सक्कली चालक प्रहरी नियन्त्रणमा

नक्कली सवारी चालकलाई बचाउन खोज्ने सक्कली चालक प्रहरी नियन्त्रणमा

दुर्घटनाग्रस्त मिनीट्रक आफैं चलाएको बताएर लाइसेन्स नभएका नक्कली चालकलाई बचाउन प्रहरीसमक्ष आएका चौतारा साँगाचोकगढी नगरपालिका पीपलडाँडाका ३० वर्षीय ईश्वर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो। 
 |  आइतबार, वैशाख ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३१, २०८०

काभ्रे– सवारी साधन दुर्घटनापछि बेपत्ता भएका भएका चालकलाई बचाउन खोज्ने व्यक्ति आफैं प्रहरी हिरासतमा पुगेका छन्। 

दुर्घटना भएको बखत आफैंले मिनीट्रक चलाएको हो भन्दै सवारीचालक अनुमतिपत्र नभएका नक्कली चालकलाई बचाउन प्रहरीसामु उपस्थित भएका सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–६ पीपलडाँडाका ३० वर्षीय ईश्वर बस्नेतलाई प्रहरीले पक्राउ गरी प्रमाण दबाउन नहुनेसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाएको हो।

२५ वैशाख राती २ बजे हेलम्बु गाउँपालिका–२ स्थित ढोडेनीमा छ्वाली अनलोड गर्ने क्रममा मिनीट्रकले ठक्कर दिँदा ३० वर्षीया पेमा तामाङको घटनास्थलमै मृत्यु भएपछि चालक फरार थिए।

आफूसँग लाइसेन्स नभएका कारण फरार भएका हेलम्बु–२ का ४२ वर्षीय चालक छेनाम तामाङलाई बचाउन लाइसन्स प्राप्त निज बस्नेतले दुर्घटना भएका बेला चालक आफू रहेको भनी मेलम्ची इलाका प्रहरी कार्यालयमा उपस्थित भएर आत्मसमर्पण गरेका थिए।

उनको बयानमा शंका लागेकाले अनुसन्धन गर्दा बस्नेतले घटना भएका  बेला गाडी नचलाएको तर तामाङले नै चलाएको  खुलेपछि उनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटना भएका बेलाका चालक तामाङसँग सवारी साधन अनुमतिपत्र नभएकाले उनलाई  बचाउन लाइसेन्स प्राप्त चालक बस्नेतले आत्मसमर्पण गर्न आएको प्रहरी उपरीक्षक बालनरसिं राणाले जानकारी दिए। 

उनका अनुसार सक्कली र नक्कली दुवै चालकलाई पक्राउ गरी प्रमाण दबाउन नहुनेसम्बन्धी कसुरमा सात दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।

प्रकाशित: May 14, 2023| 13:09 आइतबार, वैशाख ३१, २०८०
प्रतिक्रिया दिनुहोस्