परवानीपुर- नेपाल ट्रेड युनियन कांग्रेस बाराको ७ औं जिल्ला अधिवेशन परवानीपुर गाउँपालिकामा सम्पन्न भएको छ।
सो अधिवेशनबाट २२ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ। सो अधिवेशनबाट सर्वसम्मत रुपमा सो समितिको निर्माण गरिएको हो।
अधिवेशनबाट पुनः दोस्रो कार्यकालको लागि अध्यक्ष पदमा विश्वमाणि शर्मालाई चयन गरिएको छ। अधिवेशन नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री उमाकान्त चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको थियो।
अधिवेशनबाट अध्यक्षसहित अन्य २२ जनाको समिति निर्माण गरिएको छ। जसमा उपाध्यक्ष (खुल्ला) बैजनाथ राउत, उपाध्यक्ष (महिला) अनिला चौधरी, उपाध्यक्ष, दिनेश प्रसाद साह , उपाध्यक्ष (उत्पादन क्षेत्र) रामाधार प्रसाद यादव, उपाध्यक्ष (अनौपचारिक तथा स्वरोजगार छेत्र) वसन्त कुमार घिमिरे, सचिव ध्रुव राय भर, सहसचिव भुनेश्वर प्रसाद यादव, सहसचिव उमेश ठाकुर हजाम, कोषाध्यक्ष चन्देश्वर प्रसाद यादव, सहकोषाध्यक्ष (महिला) रन्जु कुमारी यादव लगायत ११ जना सदस्यहरू रहेका छन्।