बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • नक्कली बिजबिजकको आशंकामा ६ करोड बढीका जुत्तासहित ३ वटा ट्रक प्रहरी नियन्त्रणमा

नक्कली बिजबिजकको आशंकामा ६ करोड बढीका जुत्तासहित ३ वटा ट्रक प्रहरी नियन्त्रणमा

सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा तीन वटै ट्रकलाई चेकजाँच गर्दा जुत्ताको बिलबिजक शंकास्पद देखिएपछि नियन्त्रणमा लिएको हो।
 |  आइतबार, वैशाख ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३१, २०८०

काठमाडौं– सशस्त्र प्रहरीले नक्कली बिलबिजक बनाएर राजस्व छलीको आशंकामा ६ करोड रुपैयाँ बढीको जुत्तासहितका ३ वटा ट्रक नियन्त्रणमा लिएको छ।  सशस्त्र प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगर–१५ स्थित पूर्व–पश्चिम राजमार्गबाट ३ वटा ट्रक नियन्त्रणमा लिएको हो।

विशेष सूचनाको आधारमा ट्रकलाई चेकजाँच गर्दा जुत्ताको बिल बिजक शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शेलेन्द्र थापाले बताए।

अमेरिकी डलर ४ लाख ८८ हजार १७३ (६ करोड ४२ लाख २९ हजार ४५०) मूल्य लेखिएको प्रज्ञापनपत्रसहित ना३ख७४५०, ना३ख ७६५८ र ना३ख७७५० नम्बरका तीन वटा नियन्त्रणमा लिइएको हो। 

ट्रकमा लोड गरिएका एडिडास सुपरस्टार जुत्ताको बिल बिजक शंकास्पद देखिएकाले थप अनुसन्धानका लागि तीन वटै ट्रक राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर बुझाइएको सशस्त्र प्रहरीले बताएको छ।

प्रकाशित: May 14, 2023| 12:48 आइतबार, वैशाख ३१, २०८०
प्रतिक्रिया दिनुहोस्