बुधबार, भदौ ३, २०८३

बादलका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी

 |  आइतबार, वैशाख ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३१, २०८०

काठमाडौं- नक्कली शरणार्थी प्रकरणमा मुछिएका तत्कालीन गृहमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। 

उनलाई आज आइतबार पुर्जी जारी भएको हो। रामबहादुर थापा गृहमन्त्री हुँदा उनका सल्लाहार रहेका इन्द्रजित राई पक्राउ परेपछि अनुसन्धान प्रतीक थापाविरुद्ध पनि सोझिएको थियो। प्रतीक पनि यसमा संलग्न रहेका प्रमाणहरु भेटेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

यही प्रकरणमा आज नै नेपाली कांग्रेसका पूर्वासांसद आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। उनी फरार छन्। यही प्रकरणमा पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाण प्रहरी हिरासतमा छन् भने पूर्व उपप्रधानमन्त्री तथा एमाले नेता पक्राउ पुर्जी जारी भएपछि फरार छन्।  

अहिले प्रहरी हिरासतमा खाणसहित तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईसहित १२ जना छन्। शरणार्थीको नाममा आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ।

प्रकाशित: May 14, 2023| 12:47 आइतबार, वैशाख ३१, २०८०
प्रतिक्रिया दिनुहोस्