बुधबार, भदौ ३, २०८३

सवारी दुर्घटनामा तीनको मृत्यु, तीनजना मृत फेला

 |  आइतबार, वैशाख ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३१, २०८०

काठमाडौं- रोल्पा, रोल्पा नगरपालिका-२ कालोपहिरास्थित सडकमा रा.२ प ८८५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका-६ कोटगाउँ बस्ने २२ वर्षीय उमेश बाठा मगरको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल रेउघामा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको छ।

चितवन, भरतपुर महानगरपालिका-४ स्थित दुई नम्बर क्यानसर गेट नजिक नजिक सडकमा बागमती प्रदेश ०६-०१ प २९६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा चालक सोही महानगरपालिका-२६ बस्ने ३६ वर्षीय दिपेन्द्र राज गिरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

काभ्रे, नमोबुद्ब नगरपालिका-७ खोलेखेतस्थित सडकमा बा.७२ प ४७०१ नम्बरको स्कुटर अनियन्त्रित भई सडकबाट करिब २५ फिट तल खसेर शनिबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक काठमाडौं टोखा नगरपालिका-२ बस्ने ६५ वर्षीय बिचारी हिङमाङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पताल हुँदै शिक्षण अस्पताल महाराजगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

नदीमा डुबेर मृत्यु

चितवनको भरतपुर महानगरपालिका-३ मुनलाइट बोर्डिङ स्कूल पछाडि नारायणी नदीमा डुबेर सोही महानगरपालिका-४ यज्ञपुरी बस्ने होम बहादुर खत्रीको छोरा १२ वर्षीय आशिष खत्रीको शनिबार दिउँसो मृत्यु भएको छ।

पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको उद्दार गरी  सरकारी अस्पताल भरतपुर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

मृत फेला

संखुवासभा, सिलिचोङ गाउँपालिका-३ स्थित संखुवा खोलामा सोही गाउँपालिका-२ बाला बस्ने ३९ वर्षीय मुक्रम राई शनिबार मृत अवस्थामा फेला परेका छन्।

सप्तरी, रुपनी गाउँपालिका-१ रुपनीमा शम्भुनाथ नगरपालिका-२ खयरबाना टोल बस्ने २२ वर्षीय मो. टायफुजुल शनिबार मृत अवस्थामा फेला परेका छन्।

झापा, बिर्तामोड नगरपालिका-५ एकता टोलस्थित मकैबारीमा हाल नाम, थर, वतन, लिङ्ग नखुलेका अन्दाजी ८५ वर्षीय मानिस शनिबार मृत अवस्थामा फेला परेका छन्।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: May 14, 2023| 12:19 आइतबार, वैशाख ३१, २०८०
प्रतिक्रिया दिनुहोस्