बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बालकृष्ण खाणलाई निलम्बन नगर्नुको कारण माग्दै सडकमा निस्कियो नेविसंघ

बालकृष्ण खाणलाई निलम्बन नगर्नुको कारण माग्दै सडकमा निस्कियो नेविसंघ

खाणलाई तत्काल निलम्बन गरेर कांग्रेसको छविलाई गुम्न नदिन सभापति देउवालाई विद्यार्थीले गराए ध्यानाकर्षण।
 |  आइतबार, वैशाख ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३१, २०८०

काठमाडौं– कांग्रेसको भगिनी संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका बालकृष्ण खाणलाई निलम्बन नगर्नुको कारण माग गर्दै पार्टी सभापति देउवालाई प्रश्न गरेको छ। खाण २०४४ मा नेविसंघ अध्यक्ष भएका थिए।

पूर्वगृहमन्त्री एवं कांग्रेस नेतासमेत रहेका खाणलाई शुक्रबार देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले हालका लागि निलम्बन नगर्ने निर्णय गरेको थियो।

सोही निर्णयको विरोधमा नेविसंघले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस केन्द्रीय समिति सदस्य खाणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने मागसहित सडक आन्दोलनमा निस्किएको हो।

नेविसंघ त्रिचन्द्र क्याम्पस इकाइले आइतबार बिहान प्रदर्शन गर्दै खाणलाई तत्काल निलम्बन गरेर कांग्रेसको छविलाई गुम्न नदिन सभापति देउवाको ध्यानाकर्षण गराएको छ।

सभापति देउवा प्रधानमन्त्री हुँदा खाण गृहमन्त्री थिए। नेविसंघ नेता गोविन्द कोइरालाले भ्रष्टाचारविरुद्ध पार्टीभित्रका जुनसुकैलाई पनि कारबाही गरिनुपर्ने बताए। ‘समग्र भ्रष्टाचार काण्डमा निष्पक्ष छानबिन हुनुपर्छ भनेर प्रदर्शन गरिएको हो,’ उनले भने।

खण्लाई कारबाही गर्नुपर्ने मामलामा पनि कांग्रेस दुई भागमा चिरिएको छ। संस्थापन देउवा पक्ष खाणलाई बचाउन चाहन्छ भने संस्थापन इतर समूह तत्कालै पार्टीबाट निलम्बन गर्नुपर्ने मागमा अडिग छ।

प्रकाशित: May 14, 2023| 12:04 आइतबार, वैशाख ३१, २०८०
प्रतिक्रिया दिनुहोस्