काठमाडौं- ५० वर्षीया श्रीमती मोतीमाया पौडेलको हत्या गरेको अभियोगमा दाङको अटोखा नगरपालिका-८ स्थित डेरा गरी बस्ने धनकुटा कुरले तेनुपा गाउँपालिका घर भएका ५५ वर्षीय निङमा शेर्पालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।
उनीहरूबीच मादक पदार्थ सेवन गरी एकआपसमा झै-झगडा हुँदा निङमाले कुटपिट गर्ने क्रममा मोतीमायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।