बुधबार, फागुन २७, २०८२

छुटेका बालबालिकालाई लगाइँदै नियमित खोप

मन्त्रालयले कोही पनि बालबालिका नियमित खोप लगाउनबाट नछुटून् भन्ने उद्देश्यले खोप लगाउन थालेको हो।
 |  आइतबार, वैशाख ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३१, २०८०

काठमाडौं– स्वास्थ्य मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज एकैसाथ खोप लगाउन थालेको छ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाउन थालिएको परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाा प्रमुख डा. अभियान गौतमले बताएका हुन्।

National life

यसअघि १५ वैशाखमा पनि नियमित खोप छुटेकालाई खोप लगाइएको थियो। उनका अनुसार १५ महिनामा लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका पाँच वर्षदेखि मुनिका बालबालिकालाई १३ प्रकारका खोप लगाइनेछ।

मन्त्रालयले कोही पनि बालबालिका नियमित खोप लगाउनबाट नछुटुन् भन्ने उद्देश्यले १५ वैशाख र आज दुईदिने बृहत् खोज र खोप अभियान सञ्चालन गरी खोप लगाउन थालेको हो। रोग, अपांगता र मृत्युबाट बचाउन न्मेदेखि पाँच वर्षसम्मका उमेरका बाललालिकालाई विभिन्न १३ प्रकारका रोगविरुद्धको खोप दिने गरिएको छ।

नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्ण मात्रा र २० प्रतिशत बालबालिकाले सबै खोप नलगाएको र चार प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन्।

केही जिल्लामा खोप छुट बच्चाको संख्या बढ्दै गई दादुरा रुवेलाको महामारीसमेत देखापरेकाले मन्त्रालयले बालबालिका छुटेको खोप दिन थालेको हो। मन्त्रालयले नजिकैको स्वास्थ्य कार्यालयमा गई आफ्ना बालबालिकालाई छुटेको खोप लगाउन आग्रहसमेत गरेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 14, 2023| 11:27 आइतबार, वैशाख ३१, २०८०
प्रतिक्रिया दिनुहोस्