बुधबार, भदौ ३, २०८३

वसन्त ऋतुको हिमाल आरोहण

सर्वोच्च शिखरको चुचुरोमा पुग्न थाले आरोही

 |  आइतबार, वैशाख ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३१, २०८०

काठमाडौं- सर्वोच्च शिखर सगरमाथामा वसन्त ऋतुको पहिलो सफल आरोहण भएको छ।

आज आइतबार बिहान पौने ९ बजे ३ विदेशी र ३ नेपाली गरी ६ जना आरोहीले सगरमाथा चुचुरोमा सफलतापूर्वक पाइला टेकेसँगै यो सिजनको आरोहण सुरु भएको हो।

पहिलो आरोहण गर्नेमा पाकिस्तानी नागरिक माइली तानी, अमेरिकी महिला आरोही जेसिका र हंगेरियाका मटन टि सेर्स रहेका छन्। त्यस्तै पहिलो आरोहणबाटै नेपाली आरोही पासाङ दावाले २६ औं पटक सगरमाथा चढेर कीर्तिमान राखेका छन्। 
आज सफल आरोहण गर्नेमा खुम्बु पासाङ ल्हामु-५ थामेका पासाङ तेम्बा शेर्पा र सोही गाउँका आङङिमा शेर्पा पनि छन्। अहिले आधार शिविरभन्दा माथि सयौंको संख्यामा आरोही चुचुरोतर्फ लागेका छन्।

हिजो दिउँसो चुचुरोसम्म पुगेर आइसफल डाक्टरहरुले डोरी टाँग्ने काम गरेका थिए। आरोहणको ७० वर्षे इतिहासमा यस वर्ष पहिलो पटक सगरमाथामा सबैभन्दा धेरै आरोहीले आरोहण अनुमति लिएका छन्।

प्रकाशित: May 14, 2023| 10:18 आइतबार, वैशाख ३१, २०८०
प्रतिक्रिया दिनुहोस्