बुधबार, भदौ ३, २०८३

कांग्रेस सांसद गौतम आमरण अनशनमा

 |  आइतबार, वैशाख ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३१, २०८०

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसका सांसद सञ्जय गौतम विकास निर्माणसँग सम्बन्धित १५ बुँदे माग राखेर आमरण अनशनमा बसेका छन्।

सदन र सडकबाट माग पूरा गराउन पटक-पटक पहल गर्दा पनि सरकारले नसुनेको भन्दै उनी गृहजिल्ला बर्दियामा अनशन बसेका हुन्।

गौतम बबई नदीमाथि बनेको जब्दीघाटको भत्किएको पुलमुनि टेन्ट टाँगेर अनशन बसेका छन्। गौतम २०७० सालदेखि लगातार तीनवटा चुनाव जितेर सांसद बनेका छन्।

उनी सिँचाइ मन्त्रीसमेत बनेका थिए। साथै १७ वर्ष कांग्रेस जिल्ला सभापतिको जिम्मेवारी सम्हालेका थिए। गौतमको अनशनलाई कतिपयले स्टन्ट पनि भनेका छन्।
 

प्रकाशित: May 14, 2023| 08:48 आइतबार, वैशाख ३१, २०८०
प्रतिक्रिया दिनुहोस्