बुधबार, भदौ ३, २०८३

मोखा चक्रवातको असरले मंगलबारसम्म मौसम बदली हुने

 |  आइतबार, वैशाख ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३१, २०८०

काठमाडौं- बंगालको खाडीमा विकसित भइरहेको चक्रवातको असर नेपालमा पनि देखिन थालेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’शक्तिशाली चक्रवातमा परिणत भएको छ। 

चक्रवात उत्तर र उत्तर–पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको छ। नेपालमा त्यसको उल्लेखनीय प्रभाव नदेखिए पनि देशैभर मौसम बदलीको अवस्था भने रहने छ। काठमाडौं उपत्यकालगायत देशका अधिकांश भूभागमा मंगलबारसम्म बदलीको अवस्था रहने मौसमविद्ले बताएका छन्।

आज पनि गण्डकी तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भएको छ।

दिउँसो देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक वा हल्का  वर्षाको  सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाको भनाइ छ।

प्रकाशित: May 14, 2023| 08:20 आइतबार, वैशाख ३१, २०८०
प्रतिक्रिया दिनुहोस्