बुधबार, भदौ ३, २०८३

कंग्रेस आईलाई कर्नाटकामा पूर्ण बहुमत

 |  आइतबार, वैशाख ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३१, २०८०

भारतको कर्नाटका विधानसभा निर्वाचनमा कंग्रेस आईले बहुमत प्राप्त गरेको छ। शनिबारदेखि सुरू भएको मतगणनाको अन्तिम परिणामअनुसार विधानसभाको १३६ सिट जित्दै कंग्रेसले सत्तामा पुनरागमन गरेको हो। 

कर्नाटका विधानसभामा २२४ सिट छन्। यहाँ बहुमतको सरकार बनाउन कम्तिमा ११३ सिट आवश्यक रहन्छ। १३५ सिट जितेको कंग्रेसले अब प्रदेशमा एकल बहुमतको सरकार बनाउनेछ।

टाइम्स अफ इन्डियाका अनुसार कर्नाटकामा कंग्रेसको जित १९८९ पछिको सबैभन्दा ठूलो जित हो। यहाँ अघिल्लो निर्वाचनमा १०४ सिट जितेको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) यसपालि ६५ सिटमा खुम्चिन पुगेको छ। अबको पाँच वर्ष भाजपा सरकारबाहिर रहनेछ।

कर्नाटकामा भाजपा पराजय हुनुको सम्पूर्ण जिम्मेवारी लिँदै मुख्यमन्त्री बासवराज बोम्माईले राजीनामा दिएका छन्। 

कंग्रेसले बहुमत ल्याएपछि अब त्यहाँको मुख्यमन्त्री को बन्ने भन्ने विषय पेचिलो बन्ने भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्। 

कर्नाटकामा बुधबार विधानसभाको निर्वाचन सम्पन्न भएको थियो। निर्वाचनम ७३.१९ प्रतिशत मत खसेको थियो। यसलाई अहिलेसम्मकै रेकर्ड भनिएको छ। 

यही वर्ष छत्तीसगढ, मध्यप्रदेश, मिजोरम, राजस्थान र तेलंगनामा विधान सभाको चुनाव हुँदैछ। छत्तीसगढ र राजस्थानमा कंग्रेसको सरकार छ।
 

प्रकाशित: May 14, 2023| 08:07 आइतबार, वैशाख ३१, २०८०
प्रतिक्रिया दिनुहोस्