आइतबार, असोज ५, २०८२

नियमित खोप लगाउन मन्त्री बस्नेतको आग्रह

 |  शनिबार, वैशाख ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३०, २०८०

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आफ्ना बालबालिकालाई नियमित खोप लगाउन अभिभावकलाई अनुरोध गरेका छन्। मन्त्री बस्नेतले भिडियो सन्देश जारी गरी अभिभावकलाई आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगी छुट खोप लगाउनहुन अनुरोध गरेका हुन्। 

Kumaribank

यही वैशाख ३१ गते मन्त्रालयले पाँच वर्षमुनिका नियमित खोपबाट वञ्चित बालबालिकालाई नियमित खोप दिइँदै छ। यसअघि वैशाख १५ गते नियमित खोप दिइएको थियो। छुटेका बालबालिकालाई खोप लगाउनका लागि मन्त्रालयले बृहत् खोज र खोप अभियान सञ्चालन गरेको छ।

देशैभरका नियमित खोप चल्ने सरकारी स्वास्थ्य संस्थाबाट यसअघि १५ महिनाको उमेरसम्म दिइने नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाउन अभिभावकसित उनले आग्रह गरेका हुन्। मन्त्रालयले  कोही पनि बालबालिका नियमित खोपबाट नछुटून् भन्नका लागि पाँच वर्ष मुनिका बालबालिकालाई आइतबार १३ प्रकारका खोप दिँदैछ। रोग, अपाङ्गता र मृत्युबाट बचाउनका लागि जन्मेदेखि पाँच वर्षसम्मका उमेरका बालबालिकालाई विभिन्न १३ प्रकारका रोगविरुद्धका खोप प्रदान गरिन्छ। 

नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्ण मात्रा र २० प्रतिशत बालबालिकाले सबै खोप नलगाएको तथा चार प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन्। 
 

प्रकाशित: May 13, 2023| 18:56 शनिबार, वैशाख ३०, २०८०
प्रतिक्रिया दिनुहोस्