शनिबार, मंसिर १५, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सेतो पानी बग्ने समस्याबाट बच्ने घरेलु उपाय

 |  आइतबार, वैशाख ३१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३१, २०८०

खानपानप्रतिको लापरवाही र खराब जीवनशैलीका कारण थुप्रै महिलाहरुमा सेतो पानी बग्ने समस्या देखिन थालेको छ।

himalayan bank box

चिकित्सकका अनुसार सेतो पानी अर्थात् ‘ह्वाइट डिस्चार्ज’ को समस्याले महिलाहरुमा कमजोरी उत्पन्न गर्छ। चिकित्सकीय भाषामा यसलाई ल्यूकोरिया पनि भन्ने गरिन्छ। सेतो पानी बग्नुको विभिन्न कारणहरु हुने चिकित्सक बताउँछन्। प्रायः महिनाबारी हुनुभन्दा अगाडि र भइसकेपछि सेतो पानी बग्न सक्छ।

थुप्रै महिला यस समस्यासँग जुधिरहेका हुन्छन्। यो समस्या बढेसँगै महिलामा अत्यधिक कमजोरी र थकानको समस्या देखिन थाल्छ। कतिपयमा पेट र ढाड दुख्ने समस्या पनि हुनसक्छ। चिकित्सकका अनुसार यसको औषधि आफूखुशी वा फार्मेसीमा सोधेर खानुभन्दा चिकित्सकको सल्लाहमा खाएको राम्रो हुन्छ। नभए यसले गम्भीर समस्या निम्त्याउन सक्छ। कतिपय महिलामा यो समस्या ठीक हुने र पुनः दोहोरिने हुनसक्छ।

यस्तोमा खानपानमा ध्यान पुर्याउनुका साथै आन्तरिक सरसफाइका र केही घरेलु उपायले समस्या सामाधानमा सहयोग पुर्याउने स्वास्थ्यविज्ञहरु बताउँछन्। 

गेडा धनिया 
गेडा धनियामा हुने एन्टी–ब्याक्टेयारिको गुणले सेतो पानी बग्ने समस्या समाधान गर्नमा सहायक हुन्छ। १० ग्राम जति धनियाको गेडालाई एक गिलास पानीमा रातभरिको लागि भिजाएर राख्ने र बिहान खाली पेटमा छानेर खाँदा यसले फाइदा पुग्छ। यस उपायलाई केही समय नियमित गर्न सकिन्छ।

Metro Mart
vianet

अम्बाको पात
अम्बाको पातमा प्रोटिन र कार्बोहाइड्रेट हुन्छ जो सेतो पानी बग्नेजस्तो समस्यामा लाभदायक हुन्छ। अम्बाको पातलाई पानीमा राम्रोसँग उमालेर त्यसको पानी दिनमा दुई पटकसम्म सेवन गर्न सकिन्छ । 

अमला
भिटामिन सीसमेत थुप्रै प्रकारका पोषक तत्वले भरिपूर्ण अमला पनि सेतो पानीसम्बन्धी समस्यालाई हटाउनमा मद्दत गर्छ । दुई चम्चा अमलाको पाउडरलाई दुई चम्चा महमा मिसाएर गाढा मिश्रण बनाउने र दिनमा दुईदेखि तीन पटकसम्म सेवन गर्न सकिन्छ । 

मेथीको दाना
सेतो पानी बग्ने समस्या पटक–पटक भइरहेको छ भने मेथी दानाको पानी समेत खान सकिन्छ। १ लिटर पानीमा ३–४ चम्चा मेथी राम्रोसँग उमाल्ने। पानी आधा भएपछि छानेर दिनमा २–३ पटकसम्म सेवन गर्न सकिन्छ ।  
 

प्रकाशित: May 14, 2023| 05:55 आइतबार, वैशाख ३१, २०८०
प्रतिक्रिया दिनुहोस्