काठमाडौं- पर्सा, बहुदरमाई नगरपालिका-८ रामनगरीस्थित सडकमा ना.३६ प ७९४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक वीरगंज महानगरपालिका-२१ वसडिलुवा बस्ने ४५ वर्षीय गौतम चौधरीको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो।
मोरङ, सुन्दरहरैचा नगरपालिका-७ गोठगाउँस्थित सडकमा बस र म्याजिक भ्यानको ठक्करबाट प्रदेश १ -०२-०५२ प ३५१६ नम्बरको मोटरसाइकल चालक लेटाङ गाउँपालिका-५ बस्ने ३२ वर्षीय बिजय मगरको शुक्रबार राति मृत्यु भएको छ। मे.१ ख ३२५२ नम्बरको बसले उक्त मोटरसाइकललाई ठक्कर दिएको र को.१ ज ३५०५ नम्बरको म्याजिक भ्यानले पुन: मोटरसाइकलाई ठक्कर दिई दुर्घटना हुँदा गम्भीर घाइते भएका बिजयको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।
बस र भ्यानका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। झापा, गौरीगंज गाउँपालिका-६ देविगंजस्थित सडकमा मे.१ त ५९४२ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री भारत किसानगंज बस्ने २२ वर्षीया साईला खातुनको शनिबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको निम्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
डुबेर मृत्यु
महोत्तरी, जलेश्वर नगरपालिका-११ पिगौनास्थित ईनारमा डुबेर सोही ठाउँ बस्ने ७५ वर्षीया मन्तौरीया देवीको शुक्रबार दिउँसो मृत्यु भएको छ। डुबेर गम्भीर घाइते भएकी उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
सुर्खेत, भरीगंगा नगरपालिका-९ जहरेस्थित भेरी नदीमा डुबेर सोही ठाउँस्थित आफन्तको घरमा बस्दै आएका दार्चुला मालिकार्जुन घर भएका ११ वर्षीय सन्देश पार्कीको शनिबार बिहान मृत्यु भएको छ। नुहाउने क्रममा डुबेर अशक्त भएका उनको मेहेलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। बाँके, बैजनाथ गाउँपालिका-४ बोरिङबस्ती बस्ने ३६ वर्षीय कमल साहानीको सोही ठाउँस्थित जेठिनाला नदीमा डुबेर शनिबार बिहान मृत्यु भएको छ। नुहाउने क्रममा डुबेर अशक्त भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।