बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • भूकम्पपीडिताई स्थायी आवास निर्माण गर्न ५० हजार अनुदान दिइँदै

भूकम्पपीडिताई स्थायी आवास निर्माण गर्न ५० हजार अनुदान दिइँदै

भूकम्पबाट पीडित भई पालमुनि बसेकालाई टहरो बनाउन ५० हजार दिन लागिएको हो।
 |  शनिबार, वैशाख ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३०, २०८०

काठमाडौं– सरकारले भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि रकम दिने भएको छ। २०७८ जेठयतादेखिका भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि ५० हजार अनुदान उपलब्ध गराइने भएको हो।

भूकम्पबाट घरबारविहीन भएपछि अहिलेसम्म अधिकांश पीडितको पालमुनि बास भएको गुनासो बढेपछि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १७औं बैठकले रकम दिने  निर्णय गरेको हो।

२०७८ र २०७९ मा गएका भूकम्पबाट घर पूर्णरुपमा क्षतिग्रस्त भएका प्रभावित परिवारलाई दुई किस्तामा उक्त अनुदानको रकम दिने निर्णय गरिएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले जनाएको छ। 

२०७८ जेठमा लमजुङ, २०७८ साउनमा खोटाङ, २०७९ माघमा बाजुरा तथा २०७९ कात्तिकमा डोटी केन्द्रबिन्दु भएर गएका भूकम्पबाट लमजुङ, खोटाङ, अछाम, बाजुरा, बझाङ, डडेल्धुरा तथा डोटीका ५ हजार ८८० घर पूर्णरुपमा क्षतिग्रस्त भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांक छ।

प्रकाशित: May 13, 2023| 14:10 शनिबार, वैशाख ३०, २०८०
प्रतिक्रिया दिनुहोस्