काठमाडौं– धादिङको धुनिबेंसी नगरपालिका–९ गणेशस्थानमा ३३ यात्रुसवार गुडिरहेका बसमा आगलागी भएको छ।
त्रिभुवन राजपथअन्तर्गत नीलकण्ठ नगरपालिका–१ पात्लेबाट काठमाडौंका लागि छुटेको ग१ख ४८४७ नम्बरको बसमा एक्कासि आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले पुष्टि गरेका हुन्।
बसमा रहेका ३३ यात्रु भने सकुशल छन्। बसका सिट भने जलेर नष्ट भएका छन्। इन्जिनबाट धुवाँ निस्कनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालिएका कारण मानवीय क्षति हुनबाट जोगिएको छ।
एक्कासि आगलागी भएको बसमा राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।