बुधबार, भदौ ३, २०८३

बैतडीमा तीन सय पशुचौपाया मरे

बैतडीका पशुचौपायामा लम्पी स्कीन रोग प्रकोपका रुपमा फैलिएको छ।
 |  शनिबार, वैशाख ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३०, २०८०

बैतडी- बैतडीका पशुचौपायामा लम्पी स्कीन रोग प्रकोपका रुपमा फैलिएको छ। जिल्लामा अहिले यो रोगका कारण झण्डै ३ सय पशुचौपाया मरीसकेका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले जानकारी दिए। 

जिल्लाभरी लम्पी स्कीनका कारण ३ हजार १४६ पशुचौपाया बिरामी परेका पन्तले जानकारी दिए। सबैभन्दा बढी मेलौली नगरपालिकामा लम्पी स्कीनको प्रकोप फैलिएको बताइएको छ। 

कामा लम्पी स्कीनबाट १ हजार १ सय पशुचौपाया बिरामी परेका छन् भने १२ पशुचौपाया मरेका छन्। 

लम्पी स्कीनका कारण घरपालुवा जनावरहरु धमाधम मर्न थालेपछि किसानहरु चिन्तित बनेका छन्। लम्पीस्कीनबाट गाईगोरु बढी प्रभावित भएका पशु सेवा विज्ञ केन्द्रका प्रमुख पन्तले बताए। 

पशुचौपायाहरुमा ज्वरो आउने, सिँगान तथा र्याल बगाउने, शरीरमा गीर्खा आउने, खुर पाक्ने लगायत लक्षण देखिने गरेका छन्। लम्पी स्कीनको औषधि नभएका कारण यो रोगबाट प्रभावित पशुहरुको उपचारमा समस्या भएको पशु प्राविधिकहरुले बताएका छन्।  

प्रकाशित: May 13, 2023| 09:20 शनिबार, वैशाख ३०, २०८०
प्रतिक्रिया दिनुहोस्