बुधबार, भदौ ३, २०८३

नेपाली र भारतीय नक्कली नोट छाप्ने गिरोह पक्राउ

यहाँस्थित नेपाल–भारत सीमापारि भारतीय क्षेत्रमा बसेर नेपाली र भारतीय नक्कली रुपियाँ छापेर नेपालतर्फ पठाउने काममा संलग्न पाँच जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ। 
 |  शनिबार, वैशाख ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३०, २०८०

नेपालगञ्ज- यहाँस्थित नेपाल–भारत सीमापारि भारतीय क्षेत्रमा बसेर नेपाली र भारतीय नक्कली रुपियाँ छापेर नेपालतर्फ पठाउने काममा संलग्न पाँच जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ। 

भारतको बहराइच जिल्लाको रुपैडिहामा बसेर नेपाली र भारतीय नक्कली रुपियाँ छापेर नेपाल पठाउने गिरोहलाई नक्कली नेपाली र भारतीय नोट तथा छाप्ने मेसिनसहित बहराइच एटिएस र रुपैडिहा प्रहरीले पक्राउ गरेको हो। 

रुपैडिहा प्रहरी थानाका प्रमुख एसओ श्रीधर पाठकले दिएको जानकारी अनुसार रुपैडिहानजिकै नक्कली रुपियाँ छाप्ने र विक्रिवितरण गर्ने सूचनाका आधारमा बहराइच एटिएस र रुपैडिहा प्रहरीले संयुक्त रूपमा कारबाही गर्दा लखिमपुर जिल्लाका पाँच जनालाई पक्राउ गरिएको हो। 

उनले पक्राउ परेका पाँच जना सवार एक गाडीको तलासी गर्दा सो गाडीबाट ५२ हजार नक्कली भारतीय रुपियाँ र पाँच हजार नक्कली नेपाली रुपियाँसहित पैसा छाप्ने मेसिन, ल्यापटप, प्रिन्टर र कैँची बरामद गरिएको बताए।

पक्राउ परेकामा लखिमपुर जिल्लाको ईशानगर थाना क्षेत्रको त्रिकोलिया निवासी मुस्ताक, फैजुल हसन, हसनपुर कटौली निवासी सलिम, वीरसिंहपुर निवासी अलिम र रायपुर गाउँ निवासी कुलदीप अवस्थी रहेको भारतीय प्रहरीले जनाएको छ। 

प्रकाशित: May 13, 2023| 08:59 शनिबार, वैशाख ३०, २०८०
प्रतिक्रिया दिनुहोस्