बुधबार, भदौ ३, २०८३

सिन्धुलीबाट लागूऔषधसहित एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। 
 |  शनिबार, वैशाख ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३०, २०८०

सिन्धुली- जिल्ला प्रहरी कार्यालय सिन्धुलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। 

शुक्रबार दिउँसो कमलामाई नगरपालिका-६ माझिटारमा यात्रुबाहक हायस गाडी चेकजाँच गर्ने क्रममा एक्सपल्वन र निट्राभेट ट्याबलेटसहित बर्दिवास नगरपालिका-४ माइस्थानका २१ वर्षीय रविन विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

विर्तामोडबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९७६७ नम्बरको हायसमा रहेका विश्वकर्माले लगाएको पाइन्टमा एक्सपल्वन २ सय एमएल र निट्राभेट-दश लेखिएको १० पत्ता ट्याब्लेट लागूऔषध फेला पारिएको थियो। 

पक्राउ गरिएका विश्वकर्मालाई शुक्रबार नै जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य सुरु गरिएको प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक चिरन्जिवी दाहालले जानकारी दिए। 

प्रकाशित: May 13, 2023| 08:01 शनिबार, वैशाख ३०, २०८०
प्रतिक्रिया दिनुहोस्