बुधबार, भदौ ३, २०८३

आज पहाडी भूभागमा वर्षाको सम्भावना

बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको छ।
 |  शनिबार, वैशाख ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३०, २०८०

काठमाडौं- बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको छ।

उक्त चक्रवात उत्तर–उत्तर पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेकाले यसको नेपालमा उल्लेखनीय प्रभाव नरहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको विभागको भनाइ छ।

आज दिउँसो कोसी प्रदेशलगायत वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली  प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोसी प्रदेशलगायत वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। 

आज राति देशभर मौसम सामान्यतया सफा रहने विभागले स्पष्ट पारेको छ।
 

प्रकाशित: May 13, 2023| 07:08 शनिबार, वैशाख ३०, २०८०
प्रतिक्रिया दिनुहोस्