बिहीबार, फागुन २८, २०८२

हिँड्नुका अनेक फाइदा

 |  शनिबार, वैशाख ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ३०, २०८०

काठमाडौं– मानव स्वास्थ्यका जानकारहरुले भन्दै आएको कुरा हो– सबैभन्दा सजिलो र प्रभावकारी व्यायाम पैदल हिँड्नु। मुटुका साथै पूरै शरीरलाई स्वस्थ रख्नको लागि दैनिक २५–३० मिनेट पैदल हिँड्नु नै पर्याप्त व्यायाम हुने ब्रिटिश जर्नल अफ स्पोर्ट मेडिसिनमा उल्लेख छ।

National life

हिँड्नु सर्वश्रेष्ठ औषधि हो। पैदल हिँड्नु यति सहज, सुलभ र सरल व्यायाम हो, जसलाई हामी सबैले मन लागेको बेला गर्न सक्छौं। 

अमेरिकन काउन्सिल अन एक्सरसाइज वाकिङ टुलकिटका अनुसार पैदल हिँड्नु सामान्य क्रियाजस्तै भए पनि यसबाट प्राप्त हुने परिणाम सामान्य छैन। नियमित हिँड्दामात्र पनि मुटु बलियो हुन्छ, उच्च रक्तचाप कम हुन्छ र हड्डी बलियो बनाउँछ। यस्ता अन्य थुप्रै फाइदाहरु छन्, जो हिँडेर प्राप्त गर्न सकिन्छ। 

मधुमेहदेखि थाइराइड, मुटुरोगका साथै मानसिक स्वास्थ्यको लागि समेत चिकित्सकले नियमित हिँड्ने सल्लाह दिन्छन्। टेनफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुको एक शोधअनुसार ९० मिनेट सहरी क्षेत्रमा पैदल हिँड्नुको सट्टा हरियो घाँस र वनजंगल क्षेत्रमा हिँड्नाले मानसिक स्वास्थ्यमा पनि सुधार आउँछ। यसरी पैदल हिँड्ने मानिसको मस्तिष्कमा डिप्रेसनजस्तो समस्यामा कमी आएको पाइएको छ।

जर्नल अफ अमेरिकन मेडिकल एसोसिएसन, वेबएमडी, ब्रिटिश जर्नल अफ स्पोर्ट मेडिसिनको शोधअनुसार ३० मिनेट प्रतिदिन हिँड्नाले महिलाहरुमा स्तन क्यान्सरको सम्भावना ३० देखि ४० प्रतिशतसम्म घटेर जान्छ। दैनिक व्यायाम गर्नाले समेत महिला र पुरुषमा कोलोन क्यान्सरको जोखिम कम हुने उल्लेख छ। 

Laxmi sunrise bank
kumari

शोधअनुसार ९ किमी प्रत्येक हप्ता पैदल हिँड्नाले हृदयाघात, स्ट्रोक र हृदयगति रोकिनेजस्ता खतरा ३१ प्रतिशतसम्म कम हुन्छ। यसको लागि प्रतिदिन मात्र १.३ किलोमिटर हिँडे पुग्छ।

२.५ किलोमिटरको यात्रा सवारीसाधनमा गर्नुभन्दा पैदल गरियो भने ७५ प्रतिशतसम्म ग्रीनहाउस ग्यासको उत्पादनलाई पनि कम गर्न सकिने शोधमा उल्लेख छ।

१ सय ५० मिनेट प्रतिहप्ता पैदल हिँड्नाले कम उमेरमा रोगले हुने मृत्यको सम्भावना १६ प्रतिशतसम्म घट्छ। शोधअनुसार १० मिनेट खाना खाएपछिको पैदल यात्राले पाचनलाई ठीक राख्ने र वजन घटाउनमा समेत सहायक हुने उल्लेख छ।

३० मिनेटको ब्रिस्क वाक अर्थात् एक सेकेन्डमा दुई पाइला हिँड्ने प्रयोगले लिभरको कार्यक्षमता बढ्ने शोधमा उल्लेख छ। ७० देखि ८९ आयुवर्गका मानिसमाथि गरिएको अनुशन्धानअनुसार युवा अवस्थामा जो व्यक्ति नियमित पैदल यात्रा गर्थे, उनीहरुको तुलनामा नहिँड्नेहरुभन्दा शारिरीक अक्षमताको जोखिम २८ प्रतिशतसम्म कम थियो।

त्यस्तै २० मिनेट प्रतिदिन अथवा हप्तामा ५ दिन पैदल घुम्न निस्किँदा रुघा, ज्वरोजस्तो सामान्य रोगको खतरा ४३ प्रतिशतसम्म कम हुन्छ। बढ्दो वजन घटाउनलाई दैनिक १५ मिनट हिँड्नुका साथै गुलियो खानेकुरा तथा चकलेटहरु नखाएमा उत्तम उपाय हुनसक्ने शोधमा उल्लेख रहेको छ। 

खाना खाएपछि १० मिनेट पैदल हिँड्नाले मधुमेह टाइप–२ मा यसले नसा र किड्नीलाई हानी पुर्याउनबाट रोक्छ। त्यस्तै ३० मिनेट हिँड्नाले महिलाहरुमा स्ट्रोकको जोखिम २० देखि ४० प्रतिशतसम्म कम हुन्छ।

प्रकाशित: May 13, 2023| 05:55 शनिबार, वैशाख ३०, २०८०
प्रतिक्रिया दिनुहोस्