काठमाडौं- रोजगारीका लागि अमेरिका पठाइदिने प्रलोभनमा लाखौं रकम ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-२० घर भएका ५६ वर्षीय ओम शाक्यलाई बिहीबार कालीमाटीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
शाक्यले पासाङ ल्हामु शेर्पालाई अमेरिका पठाइदिने भन्दै पटकपटक गरी १५ लाख रुपैयाँ लिएर फरार थिए। उनी रकम बुझेर सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो। उजुरीका आधारमा खोजतलास गर्दा शाक्यलाई पक्राउ गरेको हो।
शाक्यलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।