बिहीबार, भदौ ४, २०८३

बेपत्ताको १२ दिनमा मृत भेटिए गुरुङ

 |  शुक्रबार, वैशाख २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २९, २०८०

तनहुँमा वैशाख १७ गतेदेखि हराइरहेका व्यास नगरपालिका–९ गजौडेका वर्ष ५९ का सुरेशकुमार गुरुङ मृत अवस्थामा भेटिएका छन्।

गुरुङको स्थानीय सुदेखोला सात विसे सामुदायिक वनको भिरबाट १११ मिटर तल खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए। गुरुङ बिहीबार दिउँसो मृत अवस्थामा भेटिएका हुन्।

१२ दिनअघि सोही सामुदायिक वनमा घाँस काट्न जान्छु भनी हिँडेका गुरुङ घर नआएपछि गण्डकी प्रदेश प्रहरी कार्यालयबाट खटिएको कुकुरसहितको प्राविधिक टोलीले खोज तलास गर्दा पनि फेला पार्न सकेको थिएन। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 
 

प्रकाशित: May 12, 2023| 15:39 शुक्रबार, वैशाख २९, २०८०
प्रतिक्रिया दिनुहोस्