बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • नक्कली शरणार्थी प्रकरणलाई टुंगोमा पुर्‍याउन प्रधानमन्त्रीलाई राप्रपाको ज्ञापनपत्र

नक्कली शरणार्थी प्रकरणलाई टुंगोमा पुर्‍याउन प्रधानमन्त्रीलाई राप्रपाको ज्ञापनपत्र

 |  शुक्रबार, वैशाख २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २९, २०८०

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्षकमल दाहाल प्रचण्ड’लाई भ्रष्टचारीहरूलाई कानुनको दायरामा ल्याउने विषय राम्रो भएको भन्दै यसलाई टुंगोमा पुर्याउन आग्रह गरेको छ।

पार्टीले शुक्रबार ज्ञापनपत्र बुझाउँदै नक्कली भुटानी शरणार्थीको प्रकरणमा मुछिएका जोकोहीलाई कारबाही गर्न अनुरोध गरेको हो।

ज्ञापनपत्र ग्रहण गर्दै प्रम प्रचण्डले आफू यो प्रकृयाबाट अलिकति पनि पछि नहट्ने बताएका थिए। यो विषयलाई अन्तराष्ट्रिय समुदायले पनि हेरिरहेको भन्दै आफू कुनै प्रभाव र दबाबमा नपर्ने प्रचण्डले बताएका थिए।

यो प्रकरणमा हालसम्म १२ जना पक्राउ परिसकेका छन् भने सांसद तथा एमाले नेता टोपबहादुर रायमाझीलगायत केही फरार छन्।
 

प्रकाशित: May 12, 2023| 15:15 शुक्रबार, वैशाख २९, २०८०
प्रतिक्रिया दिनुहोस्