काठमाडौं– २००७ को जनक्रान्तिदेखि नै नेपाली कांग्रेसमा सक्रिय राजनीति गरिरहेका पूर्वसांसद एवं संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ।
कांग्रेसका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका बस्नेतले स्व.पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको प्रेस प्रमुख भएर लामो समयसम्म काम गरेका थिए।
काठमाडौंको सिफलमा बस्दै आएका बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान निधन भएको हो। २१ मंसिर २००२ मा सोलुखुम्बुको लिखुपिके गाउँपालिका–३ मा जन्मिएका बस्नेतले त्रिभुवन विश्वविद्यालयबाट एमए, बीएल गरेका थिए।
प्रजातन्त्र प्राप्तिदेखि बहुदल, लोकतन्त्र, गणतन्त्र प्राप्तिसम्म उनको नेपाली राजनीतिमा योगदान रहँदै आएको थियो।