बिहीबार, भदौ ४, २०८३

बसको ठक्करबाट दाङमा मोटरसाइकल चालकको मृत्यु

दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
 |  शुक्रबार, वैशाख २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २९, २०८०

दाङ- दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पाको रुन्टीगढी गाउँपालिका– ३ का २१ वर्षीय चन्द्रबहादुर नेपाली रहेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बिहीबार बेलुकी ६ बजे घोराही उपमहानगरपालिका–१४ स्थित नेपाली सेनाको ब्यारेक नजिकै रा १ ख १२०१ नम्बरको बसले रा ३ प ४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक नेपालीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहीवार राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले बताए। प्रहरीले बस र चालक दुवैलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित: May 12, 2023| 08:17 शुक्रबार, वैशाख २९, २०८०
प्रतिक्रिया दिनुहोस्