काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि प्राधिकरणले आवेदन माग गरेको हो।
११औँ देखि छैटौँ तहसम्मका लागि आवेदन दिन सकिनेछ। २१ दिनभित्र अनलाइन आवेदन दिन सकिने प्राधिकरणले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ।
प्राधिकरणले आन्तरिक बढुवातर्फ पनि प्रतिस्पर्धाका लागि दरखास्त मागेको छ।


