काठमाडौं- जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ। कोसी प्रदेशका साथै वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
विभागका अनुसार आज राति कोसी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।